अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बोर्ड अफ ट्रष्टीको अध्यक्ष पदमा  साहित्यकार विश्वकर्माको उम्मेदवारी 

0
Shares

काठमाडौँ। 

साहित्यको विभिन्न  विधामा सक्रिय तथा समाजसेवी तथा व्यवसायी पदम विश्वकर्माले  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय अध्यक्षको निम्ति दाबी  गर्दै उम्मेदवारी दिएका छन् ।

विश्वकर्माले  च्याप्टर कार्यसमितिको सदस्य, च्याप्टर अध्यक्ष, केन्द्रीय कार्यसमितिको महासचिव, दुई कार्यकाल अध्यक्ष र हाल बोर्ड अफ ट्रष्टीको उपाध्यक्षमा रही विगत लामो समयदेखि संस्थाको उन्नयन, विकास र विस्तारमा  सफल भूमिका निर्वाह गर्दै आएका छन् ।

विश्वकर्माले संस्थाको संस्थागत विकास, च्याप्टरहरूसँगको सहकार्य, आजीवन तथा च्याप्टरहरु विस्तार, ट्रष्टीहरुको सदस्यतामा व्यापक वृद्धि, अनेसासको इतिहास, रजत जयन्ती प्रकाशन, अन्तर दृष्टि लगायत विविध प्रकाशनहरुमा योगदान, कार्यक्रमहरुमा सहभागिता, अनेसासलाई विश्वव्यापी बनाउन पहल गर्नुका साथै, थुप्रै अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय कार्यक्रमहरूको आयोजना, च्याप्टर, केन्द्रीय कार्यसमिति र बोर्ड अफ ट्रष्टीबीचको सुमधुर सम्बन्ध कायम राख्न विशेष पहल, संस्थाको विधान संशोधन, कार्यप्रणाली निर्देशिका तयार, भवन समितिमा सदस्यसचिवको रुपमा कार्य गर्दै संस्थाको आफ्नै केन्द्रीय कार्यालय खरिदमा विशेष भूमिका निर्वाह गर्दै आएका छन् ।

यसका साथै डायस्पोरामा नेपाली साहित्यको विकास – विस्तारका लागि अन्य साहित्यिक, गैरसाहित्यिक संघसंस्थाहरुसंग समन्वय, नेपाली साहित्यका उत्कष्ट कृति अनुवाद र प्रकाशन लगायत विगत लामो समयदेखि अनेसास सर्वोत्कृष्ट पुरस्कारलगनयथ अनेसासका विभिन्न कार्यक्रम, प्रकाशन र पुरस्कारहरूमा आर्थिक सहयोग गर्दै आएको पनि यहाँहरूलाई विदितै छ ।  संस्थालाई संस्थागत विकास र सन्तुलन प्रदान गर्नकै निम्ति पनि पदम विश्वकर्मा संस्थामा रहिरहन अनिवार्य आवश्यकता देखिएको छ ।

विश्वकर्माले भनेका छन् ” संस्थामा योगदानको आधारमा पनि म उपयुक्त छु सहमतिमा जाँदा मेरै पालो हो तर चुनाव हुने अवस्था आयो , म चुनाव जित्नेमा आशावादी छु  ।”