उषा राईलाई कुटपिट गर्ने ४ जना महिला सार्वजनिक



काठमाडौं ।

धरान १३ की उषा राईको कुटपिटमा संलग्न रहेका धरान १३ कै ४ जना महिलालाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।

केही दिन देखि फरार रहेका उषा राईलाई कुटपिट गर्न प्रत्यक्ष रुपमा संलग्न रहेका महिलाहरु मुख्य आरोपी धरान १३ सुर्य मार्गकी ५५ बर्षीया उर्मिला राईलाई मंसिर १५ गते पक्राउ गरिएको , यस्तै मंसिर १६ गते २६ बर्षीया सुमित्रा राई र धरान १७ की २९ बर्षीया सुसेली राईलाई पक्राउ गरेर अदालतबाट ९ दिनको म्याद थप भएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्द श्रेष्ठले जानकारी दिए ।

यसैगरी ४० बर्षीया रत्न लिम्बु सुब्बालाई मंसिर १८ गते पक्राउ गरेर ७ दिनको म्याद थप गरिएको पनि डिएसपी श्रेष्ठले बताए । घटनामा सिर्जना राई, मिना राई र निरकुमारी गुरुङको पनि संलग्नता भएको भन्दै जाहेरी परेकोले उनीहहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्