रहेनन् पूर्वन्यायाधीश प्रचण्डराज अनिल

0
Shares

काठमाडौं ।

पूर्वन्यायाधीश प्रचण्डराज अनिलकाे ९२ वर्षको उमेरमा निधन भएको छ । उनी मुटुरोग, ब्लडप्रेसर र सुगरको बिरामी थिए ।  गंगालाल अस्पतालमा उपचारको क्रममा उनकाे मंगलबार निधन भएको हो । पारिवारिक स्राेतका अनुसार उनको बुधवार अन्तिम संस्कार गरिने  छ ।

पूर्वन्यायाधीश अनिलले विभिन्न जिल्लामा न्यायाधीश र मुख्य न्यायाधीश भएर काम गरेका थिए । उनी विशेष अदालत र क्षेत्रीय अदालतको न्यायाधीश समेत थिए । सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीशबाट अवकाश पाएका थिए ।

न्यायाधीशमा बहाल हुुँदा र अवकाशपछि पनि विभिन्न घटना दुुर्घटनाको आयोगमा एकल नेतृत्त्वको जिम्मेवारी पाएका अनिल निकै इमानदार, लगनशील र सक्षम न्यायाधीशका रूपमा चिनिन्थे।