कोइरालालाई संसदीय दलमा सघाउन देउवाकाे आग्रह



काठमाडौं ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शशांक कोइरालाबीच भेटवार्ता भएको छ । चुनाव जितेर काठमाडौं फर्किएका कोइराला मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।

भेटमा देउवा र कोइरालाले एक अर्कालाई बधाई ज्ञापन गरेका थिए भने चुनावी परिणाम र सरकार गठनका विषयमा छोटो कुराकानी भएको थियो ।

भेटमा सभापति देउवाले नेता कोइरालालाई पार्टीको संसदीय दलमा आफूलाई सघाउन आग्रह गरेका छन् । कोइरालाले त्यसबारे सल्लाह गरौँला भनेर जवाफ दिएका छन् । यसअघि निर्वाचनको परिणाम आएलगत्तै कोइरालाले आफू पनि संसदीय दलको नेताका लागि योग्य भएको र प्रधानमन्त्रीको दाबेदार रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्