महिला पत्रकारको लागि अनलाइन सुरक्षा निर्देशिकाकाे पहल

0
Shares

काठमाडौं ।

संञ्चारीका समूह नेपाल, युनेस्को र युनाइटेड नेशनको संयुक्त आयोजनामा महिला पत्रकारको लागि अनलाइन सुरक्षा निर्देशिका बनाउने सम्वन्धमा अन्तिम चरणको छलफल कार्यक्रम सरोकारवाला निकायको सकृय उपस्थितिमा ललितपुरको हिमालयन होटलमा सञ्चालन भएकाे छ  ।

कार्यक्रममा सहभागीहरुले बोलिरहँदा फ्रान्सको पेरिस नजिकको एउटा अस्पतालमा अस्पतालमा साइबर हमलाका कारण शल्यक्रिया रद्द गर्नुपरेको समाचार फ्रान्सका स्वास्थ्य मन्त्री फ्रान्कोइस ब्राउनले दिएको जानकारीको आधारमा समाचार एजेन्सीहरूले समाचार सार्वजनिक गरिरहेका थिए।

उक्त कार्यक्रममा एसएसपी चन्द्र कुवेर खापुडले महिलालाई पुरुषले पटक पटक आहा कति राम्री भन्नुपनि महिला हिंसामा पर्छ । यस्ता , हिंसाका धेरै बिषय बाहिर आएका छैनन । संञ्चारीका समूहले ल्याउँदै गरेको निर्देशिकाले महिलाका पिडा महिला पत्रकारले सार्वजनिक गर्न सक्नुहोस् नेपालमा छुट्टै साइबर कानुनको आवश्यकता रहेको बताए ।

सोही अवसरमा सुचना तथा सञ्चार मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले निर्देशिकाले आम महिलाका समस्या समेट्‌न सकोस मन्त्रालयले यो निर्देशिका अध्ययन गरी विषयवस्तुमा गम्भिर भएर समेट्न पहल गर्ने बताए  । त्यसैगरी नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले निर्देशिकाको १३ वटा बुद्धा प्रेस काउन्सिलसँग जोडिएको छ अनलाइन हिंसा निर्वाचनमा पनि देखिएको बताए ।

सोही अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकारिताका लागि इन्टरनेट प्लेट-फर्म अनिवार्य भइसकेको छ । यसैबाट हुने हिंसा बढ्‌दोछ यसको न्यूनीकरणका लागि आवश्यक कानून निर्मााणको आवश्यकता रहेको बताउँदै नीति कार्यान्वयनको खाँचो रहेको कुरा औल्याए   ।

त्यसैगरी राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दवाडीले मानिसको बोल्न पाउने अधिकारको रक्षा पत्रकारले गरेका छन् मिडियाको सम्मान हुनुपर्ने बताए । डा. समिक्षा कोइरालाले युनेस्कोको तर्फबाट मस्यौदामाथि छलफल गरिन् । सोही अवसरमा संञ्चारीका समूहकी अध्यक्ष बिमला तुम्खेवा र निवर्तमान अध्यक्ष नीतु पन्डितले प्रकाश पार्दै आवश्यक छलफल गरेका थिए  । कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्का लगायतका व्यक्तित्वहरूले निर्देशिकामा उनुपर्ने ३ वटा समूह बनाएर थप छलफल गरिएको थियो।