सुन्दरीको बर्थडे बालआश्रममा

0
Shares

मिस नेवाः नेपाल कृषा महर्जन केक काटेर बाल आश्रममा आश्रित बालबालिकालाई खुवाएर बर्थडे मनाउँदै। उनले बालबालिकालाई सहयोग प्रदान गर्दै आफ्नो जन्मदिन मनाएकी हुन्।

महर्जनले आइतबार आफ्नो जन्मदिनका अवसरमा राजधानीको नयाँ बानेश्वरस्थित नेपाल समाज केन्द्र नामक बाल आश्रममा आश्रित बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री प्रदान गरिन्।

राजनीतिज्ञ सिर्जना सिंह र नव निर्वाचित प्रदेशसभा सदस्य सुरजचन्द्र लामिछानेको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा कृषाले जन्मदिन मनाउने खर्चले बालबालिकालाई सहयोग गरेको बताइन्।