काभ्रेको विकट महाभारतमा रेविज : भटाभट मर्न थाले पशु, स्थानीय त्रसित

0
Shares

काभ्रे ।

जिल्लाको चौरीदेउराली, भुम्लु गाउँपालिकापछि विकट पालिका महाभारतमा रेविजको आतंक फैलिएको छ । एक महिना अघि मरेको पशुको मासु खाएका स्थानीयहरु रेविज रोगबाट त्रसित छन् । मरेर गाडिएका दुईवटा पुशमा रेविज प्रमाणीत भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाईले बताउनु भयो ।

‘महाभारत गाउँपालिकाको वडा नम्वर १ को गोकुले र वडा नम्वर ८ को घर्तिछापमा दुईवटा पशु मरेर गाडिएको थियो । पशु प्राविधिकहरुको टोलिले गाडेको पशुमा रेविज परिक्षण गर्दा पोजेटिभ देखिएको छ’– डा. पुरुषोतम सेढाईले भन्नुभयो–‘पशुबाट मान्छेमा रेविज फैलन नदिन आवश्यक सचेतनाका साथै रेविज विरुद्धको खोप लगाउन शुरु गरिएको छ ।’

मरेको पशुको मासु खाएको सूचना आएकाले तथ्याङ्क संकलन गरी उनिहरुलाई रेविजबाट बचाउन खोप लगाउने तयारी गरिएको डा. सेढाईले बताउनु भयो । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले वडा नम्वर ८ र १ का केहि स्थानमा पशुलाई कुकुरले टोकेको, कुकुरले टोकेका पशुहरुको मृत्यु भएको, मृत्यु भएका पशुहरुमा रेविज देखिएकाले तत्काल नियन्त्रण शुरु गरिएको बताउनु भयो ।

‘मसिंर १३ गते गोकुले १ की थिरमाया श्रेष्ठको गाई म¥यो । मसिंर १७ गते महाभारत ८ घर्तिछापमा अर्काे गाई म¥यो । तिनिहरु दुबै गाडेको अवस्थामा परिक्षण गर्दा रेविज फेला प-यो’–वडा अध्यक्ष कान्छामान जिम्बाले भन्नुभयो–‘शनिबार नै गोकुले १ का ताराबहादुर रानाको बंगुर म¥यो ।’ गोकुलेमा भदौ देखि नै कुकुरले पशुहरु टोकेको सूचना भर्खरै प्राप्त भएको वडा अध्यक्ष जिम्बाले बताउनु भयो ।

समयमै जानकारी नगराएका कारण भटाभट पशुहरु मर्न थालेको उहाँले बताउनु भयो । पशुहरुसँग घुलमिल भएका ४० भन्दा धेरै स्थानीयलाई भ्याक्सिन लगाउन सूची तयार गरी स्वास्थ्य कार्यालय पठाईएको उहाँले बताउनु भयो ।

गाउँपालिकाको पशु स्वास्थ्य शाखाले पनि रेविज फैलन नदिन तथ्याङ्क संकलन तथा रोकथामका बारेमा चेतना फैलाउन शुरु गरेको छ । रेविज एक पछि अर्काे पालिकामा फैलन थाले पछि जिल्ला स्वास्थ्य कार्यालयले रोकथामका लागि स्थानीय सरकारको पहलकदमीका बारेमा आवश्यक पहल शुरु गरिएको डा. पुरुषोतम सेढाईले बताउनु भयो । रेविजका कारण हरेक वर्ष नागरिकहरुले ज्यान गुमाउन पुगेका छन् ।

तस्विर सौजन्यः होमेन्द्र राना, महाभारत