आकाशेपुल तत्काल मर्मत गर्नुस : उपप्रमुख डंगोल


काठमाडौं ।

महानगरभित्र भएका आकाशे पुलहरु तत्काल मर्मत गर्नुपर्ने महानगरकी उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । सार्वजनिक निजी साझेदारी एकाईका अधिकारीहरुसँग कुरा गर्दै उहाँले आकाशे पुल असुरक्षित भएकोले सुधारका काम तत्काल गर्नुपर्ने खाँचो देखाउँदै सो जानकारी गराउनुभएको हो ।

‘आकाशे पुलका संरचना भत्किएका छन , हिँड्दा अल्झिएर लड्ने अवस्था छ , बारहरु अग्ला भएकाले साँझ बिहान पुलभित्र हिँड्न असुरक्षित हुन्छ । अपाङ्गता भएका व्यक्ति पुलबाट यात्रा गर्न सक्दैनन । जोखिम मोलेर सडकबाटै अर्को किनारामा पुग्नुपर्ने अवस्था आएको बताउन्भयो ।

पुलको संरचनाको अवस्थाबारे विश्लेषण गर्दै उहाले भन्नुभयो–‘पुलका बार घटाउनु पर्छ ,यी बारहरु पारदर्शी हुनुपर्छ । मर्मत गरेर दुरुस्त बनाउनुपर्छ । एक पटक बनाएर अलपत्र बनाएर हुँदैन । नियमित मर्मत गर्नुपर्छ । यसका लागि निर्माण पक्षलाई तत्काल पत्राचार गर्न आग्रह गर्दछु ।

सार्बजनिक नीजि साझेदारी कार्यक्रममका निर्देशक नुरनिधि न्यौपानेले सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालनमा रहेका काठमाडौँ टावर, सार्वजनिक शौचालय निर्माण तथा व्यवस्थापन लगायत योजनाका विषयमा जानकारी गराउनुभएको थियो ।