धाैवादी दुर्घटना अपडेट : मृतक चारै जनाको पहिचान खुल्यो



नवलपरासी।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को धाैवादीमा बिहीबार साँझ भएको जिप दुर्घटनामा परि मृत्यु भएका चारै जनाकाे पहिचान खुलेको छ।

मृत्यु हुनेमा बुलिङ्गटार ६ का ६० बर्षीय हाेम बहादुर रानाभाट,५८ वर्षका यम बहादुर ठाडा, बुलिङ ५ राईकाेट निवासी ६७ वर्षे मनसाेभा बराल र बाैदिकाली २ निवासी २८ वर्षकी केशरी दराइ रहेकाे जिप्रका नवलपरासी पूर्वले जनाएको छ ।

यसै गरी घाइते हुनेमा चालक दुर्गा बहादुर बिरकट्टा,फूलमाया कुमाल,सुनिता रानाभाट,खेमचन्द्र दराई,उत्तम क्षेत्री रहेका छन् ।

घाइते बालबालिकामा सुना सुनार,सिजन दराई र ४ वर्षीय निश्चल रानाभाट रहेकाे प्रहरीले जनाएकाे छ । सामान्य घाइतेमा धनपति नेपाली र देव बहादुर नेपाली रहेका छन् ।
दलदलेबाट डेडगाउँ तर्फ जाँदै गरेकाे ग ०४ ००१ ज ०००६ नम्वरकाे जिप धाैवादीकाे कान्छीपानी नजिक दूर्घटनामा परेकाे थियाे।

प्रहरीले घटनास्थलबाट ८ जनाकाे उद्धार गरी अस्पताल तर्फ पठाएकाे र २ काे अवस्था सामान्य रहेकाे जनाएकाे छ ।पहाडी कच्ची सडककाे भिरबाट जिप करिव १ सय मिटर तल खसेकाे र जिपमा १४ जना सवार रहेकाे बताईएकाे छ ।

हुप्सेकाेट ५ अन्तरगत पर्ने साे स्थान पूर्व पश्चिम राजमार्ग स्थित दलदलेबाट २८ किमि उत्तर पश्चिममा पर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्