बेलायती राजदूतको लुम्बिनी भ्रमण, सहकार्य गरेर अगाडि बढने सहमति

0
Shares

बुटवल । नेपालका लागि बेलायती राजदूत निकोला पोल्लिटले लुम्बिनीको भ्रमण गरेका छन् । आज (बिहिबार) उनले एसियाका तारा, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरेका हुन् ।

भ्रमणमा क्रममा राजदुत निकोलालाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश त्रिपाठी), कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य सहितको टोलीले स्वागत गरेको थियो ।

राजदुत निकोलाले मायादेवी मन्दिर, शान्तिदीपको पनि अवलोकन गरेका छन् । भेटमा बेलायती राजदुतावास र लुम्बिनी विकास कोषबीच सहकार्य हुने कोषका उपाध्यक्ष भिक्षु मैत्तयले बताए ।