रात्रिकालिन व्यवसाय : दोहोरीसाँझ, क्लब र डिस्को बिहान ४ बजेसम्म सञ्चालन गर्न पाइने

0
Shares

काठमाडौं । काठमाडौंमा सञ्चालित रात्रिकालिन व्यवसाय दोहोरीसाँझ क्लब, डिस्कोका लागि समय तोकिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गर्दै समय तोकेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले रेष्टुरेन्टहरु राति १२ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

रेष्टुरेन्ट र लाउन्ज बारहरु बिहान २ बजेसम्म र क्लव तथा डिस्कोहरु भने बिहान ४ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय गरेको छ ।

यसअघि प्रहरी प्रशासनले १० बजेपछि कुनै पनि रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिएको थिएन ।