नेपाल परिवार नियोजन संघमा जमुना सिटौला अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित 

0
Shares

काठमाडौं  । 

नेपाल परिवार नियोजन संघमा यौन तथा प्रजनन अधिकार, लैंगिक समानता, सुरक्षित गर्भपतन सेवाको अधिकार, बृहत् यौनिकता शिक्षामा सबैको पहुँचको अधिकार, एच.आई.भी.तथा यौनिक तथा लैंगिक अल्पसङ्ख्यकहरूको सेवा र अधिकारका क्षेत्रमा लामो समयदेखि पैरवी अभियानमा आबद्ध संघकी एड्भोकेसी फोकल जमुना सिटौलालाई एपीकमले कम्युनिटी अली हिरो अवार्ड २०२२ बाट सम्मान गरेको छ ।

एपीकम एशिया प्यासिफिक क्षेत्रमा लैंगिक समानता, एच.आई.भ.तथा यौनिक तथा लैंगिक अल्पसङ्ख्यकहरूको अधिकारका क्षेत्रमा कार्यरत थाइल्यान्ड स्थित एक अन्तर्राष्ट्रिय«य संस्था हो । यो अवार्ड ६ वर्षदेखि निरन्तर विभिन्न बिदाहरूमा दिइँदै आइरहेकोमा यस वर्ष नेपालबाट नेपाल परिवार नियोजन संघले समुदाय स्तरमा र राष्ट्रिय स्तरमा गरेको पैरवीको मूल्याङ्कन गर्दे यो सम्मान गरिएको छ ।

संघका ८८ प्रतिशत सेवाग्राही सीमान्तकृत र जोखिम समुदायका रहेको र यो समुदायको सेवा र अधिकारको सुनिश्चितताको लागि सधैँ पैरवी गरिरहेको, नेपाल परिवार नियोजन संघले यौनिक अल्पसङ्ख्यकहरूका लागि देशमै पहिलो पटक गैरसरकारी निकायबाट हर्मोनल थेरापी तथा लेजर सेवा सञ्चालन गर्दै आएको, बृहत् यौनिकता शिक्षा र सुरक्षित गर्भपतन सेवामा नीतिगत सुधार गर्न सफल साथै वैवाहिक समानतामा पैरवीको सुरुवात गर्दै सोको नित पत्र निर्माणगरि नीतिगत सुधार गर्न पैरवी गर्दे आइरहेको मुख्य आधारहरूलाई मूल्याङ्कन गर्दै र यस कार्यलाई नेपाल परिवार नियोजन संघका तर्फबाट नेतृत्व गरिरहेकी जमुना सिटौला एपीकमको उक्त अर्वाडबाट सम्मानित हुनुभएको हो ।

यो अर्वाड यस वर्ष पाकिस्तान, भुटान, श्रीलङ्का, थाइल्यान्ड, हङ्गंकङ्ग, फिलिपिन्स भ्येतनाम, मलेशिया आदि राष्ट्रका विभिन्न व्यक्तिहरुलाई सम्मान गरिकोमा नेपालबाट जमुना सिटौला सम्मानित हुनुभएकोमा नेपाल परिवार नियोजन संघले हार्दिक आभार व्यक्त गर्न चाहेको कुरा नेपाल परिवार नियोजन संघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।