नौ दिनपछि चेतनको शव आफन्तले बुझे 



बाजुरा।

अनेरास्ववियुका केन्द्रीय सदस्य एवं विद्यार्थी नेता चेतन अकडीको शव नौ दिन पछि सोमबार  उनको परिवारले बुझेको छ । परम्परागत दाहसंस्कार नौ दिन भित्र गसिक्नुपर्ने  धार्मिक मान्यता अनुसार विद्यार्थी नेता अकडीको शव उनको परिवारले बुझेको हो ।

विद्यार्थी नेता अकडीको शवलाई सोमवार बिहान  सदरमुकाम मार्तडीको खुलामञ्चमा राखेर  नेकपा एमाले बाजुराले  श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो  । बजारपरिक्रमा गरी खुलामञ्चमा राखिएको शवलाई नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा एमाले केन्द्रीय सदस्य द्वय प्रकाशबहादुर शाह र लालबहादुर थापा लगायतका विभिन्न पार्टीका नेता कार्यकर्ताले अकडीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिएका थिए । नेता अकडीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन  बाजुराका सयौँ मानिसहरू श्रद्धाञ्जली सभामा उपस्थित थिए ।

मसिंर ४ गते  प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन पश्चात् कुटपिट गरी हत्या गरिएका अकडीको शव  ९ दिन पछि   सोमबार दिउसो त्रिवेणी घाट मौरेमा अन्तिम दाहसंस्कार गरिएको हो ।

त्रिवेणी नगरपालिका वडा नं ७ मालागडा निवासी  विद्यार्थी नेता अयडी गत मंसिर ४ गतेका दिन नाटेश्वरी आ.वि  मतदान केन्द्रको विवादको क्रममा  झडपमा परि गम्भीर घाइते भएका थिए । घाइते अयडीलाई राति घरबाट बाहिर ल्याएर  काँग्रेस कायकर्ताले हत्या गरेको उनका आफन्तको दाबी छ ।

अयडी घर भित्र रहेको बेला घर भित्रबाट तानेर उनीमाथि निर्घात कुटपिट भएको थियो । उपचारका लागि उनलाई अछामको बयलपाटा अस्पतालमा लगिएको थियो । अस्पताल पुराउने बित्तिकै  चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए । बयलपाटा अस्पताल बाट पोष्टमार्टम गर्नका लागि चेतनको शव जिल्ला अस्पताल बाजुरामा ल्याइएको थियो ।

जिल्ला प्रशासन कार्यालय बाजुराले भने मतदानका क्रममा झडपमा परेर उपचार गर्न बयलपाटा अस्पताल अछाम  लैजाने क्रममा अकडीको मृत्यु भएको विज्ञेप्ती मार्फत जनाएको छ।

यस्तै त्रिवेणी ७ मा दिउँसो मतदानको समयमा कांग्रैस एमाले कार्यकर्ता विच धाँधली भएपछि सुरक्षाकर्मीले गोली चलाउँदा त्रिवेणी ७ बस्ने सञ्जीव अकडीको मृत्यु भएको थियो । सञ्जीव अकडीको  गोली लागी हत्या भए पश्चात् विवादले चर्को रुप लिएको थियो। सञ्जीबालई गोली प्रहार गर्ने प्रहरीलाय कारवाहीको मागसहित उचित क्षेतीपुर्तीको माग गरेका छन्  सञ्जीवको शव गत शनिवार बिहान उनको परिवारले बुझेर अन्तिम दाहसंस्कार गरिएको छ ।

नेकपा एमाले बाजुराले चेतनको हत्यारालाई प्रक्राउ गरी दोषीमाथि कार्यवाहीको माग गर्दै मंसिर ५ गते देखि बाजुरामा आन्दोलन गरिरहेको छ । चेतनको हत्या अभियोगमा २२जना विरुद्ध किटानी जाहेरी दिएको छ  । हत्या अभियोगमा दुुई जनालाई  पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको र अरुको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख एवं प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिनुभयो ।

बाजुराका प्रायजसो बुथमा धाँधली हुँदा काँग्रेस, एमाले लगायतका दर्जनबढि कार्यकर्ता घाइते भएका  छन्। उनीहरूको  जिल्लामा उपचार हुन नसकी जिल्ला बाहिर सुविधायुक्त अस्पतालमा महँगो खर्चमा उपचार गराई रहेका छन् । हत्या ,घइते र मतदानमा बुथ कब्जा लगायतका विषयमा उत्पन्न विवादका कारण हाल सम्म मतगणना पनि हुन सकेको छैन ।

आगामी दिनमा यस्ता घटना प्रति सचेत रहन  र दोहोरिन नदिन दलको प्रतिबद्धता अनिवार्य छ । विडम्बना  भन्नुपर्छ हालसम्म जिल्लास्थित सर्वदलीय संयन्त्रको बैठक पनि बस्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्