अवस्था ठिक नभएका २२ ओटा सवारीका चालक कारवाहीमा

0
Shares

काठमाडौँ ।
काठमाडौँको किर्तीपुरमा सोमबार दिउँसो गरिएको सवारी साधनको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका पानी ट्याङकर, फोर्स गाडी र टाटा सुमो लगायतका २२ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । यस्तै कालो धुँवा फाल्ने र हेण्ड ब्रेक ठिक नभएका ८ ओटा सवारी साधन भने थप यान्त्रिक परीक्षण गर्नु पर्ने भएकाले ट्राफिक प्रहरी प्रभाग किर्तीपुरले नियन्त्रणमा लिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह-प्रवक्ता एंव प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्रीका अनुसार तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा दिउँसो गरिएको चेकिङको क्रममा हेण्डब्रेक नभएका, लाईटहरु नभएका, कालो धुँवा फाल्ने र टायर धेरै घिसिएका लगायत अवस्था ठिक नभएका १५० ओटा सवारी साधन चेकजाँच गरिएको थियो ।

अवस्था ठिक नभएको सवारी साधन चलाउँदा यात्रुको जीवन जोखिममा पर्न सक्ने र सवारी दुर्घटना पनि बढ्ने भएकाले सम्भावित जोखिम कम गर्न सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक दलराम टमाटाको कमाण्डमा ट्राफिक प्रहरीको टोली काठमाडौँको किर्तीपुरमा क्षेत्रमा आज खटिएको थियो ।

अवस्था ठिक भएमा मात्रै सवारी साधन संचालन गर्न सम्पुर्ण यातायात व्यवसायी, सवारी धनी तथा चालकलाई सह-प्रवक्ता एंव प्रहरी उपरीक्षक क्षेत्रीले अनुरोध समेत गरेका छन्।