शवाना आजमीसँगै शुरु भयो मण्डलाको नाटक महोत्सव

0
Shares

मण्डला थिएटरको आयोजनामा दोस्रो संस्करणको नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) शुरु भएको छ।
शुक्रबार नयाँ बानेश्वरको थापागाउँस्थित मण्डला थिएटरमा राष्टिझय र अन्तर्राष्टिझय अतिथि तथा सहभागीबीच महोत्सव आरम्भ भएको हो। सामाजिक रुपान्तरणको लागि रंगमञ्चः विविधिताको उत्सव भन्ने नाराका साथ भारतकी ख्यातिप्राप्त रंगकर्मी तथा अभिनेत्री शबाना आजमीको विशेष आतिथ्यतामा शुरु भएको महोत्सव संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले शुभारम्भ गरेका थिए।

शुभारम्भ समारोहमा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मी, जिआईजेड नागरिक शान्ति सेवाकी स्टेफिन थेइसलगायतले महोत्सवलाई शुभकामना दिएका थिए।मन्त्री श्रेष्ठले कला संस्कृतिको आदान+प्रदानको रूपमा महोत्सव जरुरी रहेको र नेपाल सरकार यस्ता कार्यलाई सघाउन तयार रहेको बताए। त्यस्तै, मेयर बालेन्द्र शाहले नगरपालिका समृद्ध हुनका लागि कलाका गतिविधि पनि उत्तिकै हुनुपर्ने महसुस गरेर काठमाडौं महानगरपालिकाले आगामी दिनमा वार्षिक बजेटमै नाट्य तथा फिल्म महोत्सवलाई सम्बोधन गर्ने बताए। बलिउड अभिनेत्री तथा रंगकर्मी शवाना आजमीले रंगकर्मी मिलेर नाटकघर खोली महोत्सव गरेको देख्दा आश्चर्य लागेको बताइन्।

नेपालमा कलाकार मिलेर आफैं नाटकघर निर्माण गर्नु र नियमित नाटक मञ्चन हुनु, यस्तो महोत्सव आँट्नुले आश्चर्यजस्तो लागेको छ। यो निकै सह्रानीय कार्य हो, यसलाई निरन्तरता दिनुहोलाु आजमीले भनिन्। महोत्सवका निर्देशक रंगकर्मी सिर्जना सुब्बाले महोत्सवलाई सबै मिलेर उल्लासमय रूपमा मनाउन आह्वान गर्दै रंगमञ्चले पाएको मायाप्रति आभार व्यक्त गरिन्। कोभिडले थला परेको रंगमञ्चलाई उठाउँदै महोत्सवसम्म आइपुगेर स्वागत गर्न पाउँदा हामी खुसी छौँ सुब्बाले भनिन्।

महोत्सव शुभारम्भ कार्यक्रममै आयोजक मण्डला थिएटरले आयोजना गरेको नाटक लेखन कार्यशालाबाट छानिएका सात नाटकको संग्रह इन्द्रधनुषः यस छिमलका नाटकहरू विमोचन गरिएको थियो। त्यसैगरी, शुभारम्भ नाटक स्वरूप नयनराज पाण्डेको कथामा आधारित दिया मास्केद्वारा निर्देशित नेपाली नाटक कथा कस्तुरी मञ्चन गरिएको थियो।

महोत्सवको पहिलो दिन गत शुक्रवार अनिल सुब्बाद्वारा निर्देशित अर्को नेपाली नाटक बुद्ध र भिकारी पनि मञ्चन गरिएको थियो। पहिलो दिनको बिहान डिभाइजिङ अपेरेटिक ड्रामाटर्जी कार्यशाला सम्पन्न गरेको महोत्सवले साँझमा ब्रिथ एन्ड बिट शीर्षकमा शलिल सुवेदी र नवरा गुरुङको सांगीतिक कार्यक्रम प्रस्तुत गरेको थियो।

त्यसैगरी, महोत्सवअन्र्तगत दोस्रो दिन शनिवार भारतको नाटक देस्देमोना रुपकम तथा स्पेन र इटलीको मिस्टर एन्ड मिसेस क्राप्mट मञ्चन गरिएको थियो। त्यसै गरी सा™झ बलिउड अभिनेत्री तथा रंगकर्मी शबाना आजमीले मास्टर क्लास लिएकी थिइन्।