बुढीनन्दा ५ को  पुनः मतदान शान्तिपूर्णरुपमा सम्पन्न

0
Shares

बाजुरा।  

बुढीनन्दा नगरपालिका वडा न.  ५ नन्देश्वरी माविमा भएको पुनः  मतदान  शनिवार शान्तिपूर्णरुपमा सम्पन्न भएको छ ।  नौ सय ९९ मतदाता रहेको उक्त केन्द्रमा  जम्मा ९ सय ९९ मा  ५९७  मतदाताले मतदान गरेका हुन् । ३ सय १२ पुरुष र २८५ महिलाले मतदानमा भाग लिएका हुन् ।

बिहान सात १५ बजेबाट सुरु भएको मतदान कडा सुरक्षाकाबिच बेलुकी पाँच बजे सम्म चलेको थियो  ।  मंसिर ४ गतेको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ता बिच दोहोरो झडप पछि मतदान स्थगित गरिएको थियो ।

निर्वाचन अधिकृतको प्रतिवेदनका आधारमा स्थगित गरिएको निर्वाचन निर्वाचन आयोगले मंसिर ७ गते मंसिर १० गते पुनः निर्वाचन गर्न सूचना जारी गरिएको थियो ।