रुपन्देहीका पाँचै क्षेत्रको नतिजा सार्वजनिक, प्रतिनिधिसभामा काँग्रेस शून्य

0
Shares

बुटवल।

नेपाली काँग्रेसले रुपन्देहीमा प्रतिनिधिसभा तर्फ शून्य भएको छ । ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा प्रतिनिधि सभामा एउटापनि सिट जित्न सकेन । गृहमन्त्री समेत रहनु भएका वालकृष्ण खाँणले समेत आफनो सिट सुरक्षित गर्न सक्नु भएन ।रुपन्देहीका पाँचैक्षेत्रको मतगणना सकिएको छ । रुपन्देहीमा प्रतिनिधिसभामा एमाले ३ ,राप्रपा १ र लोसपाले १ क्षेत्रमा विजयी भएका छन् । रुपन्देहीमा ५ वटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्र र प्रदेशसभाको निर्वाचन क्षेत्र १० छन् ।

लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा कुल जनसंख्या ८ लाख ७४ हजार ६०६ रहेको छ । यहाँ ६ लाख ३८ हजार ९५२ मतदाता रहेका छन् जसमा ३ लाख २७ हजार ४३३ जना पुरुष छन् भने ३ लाख ११ हजार ५११ जना महिला छन् ।

रुपन्देही १ मा घनश्याम भुसाललाई ३५ सय मतले हराउँदै एमालेका सचिव छविलाल विश्वकर्मा विजयी हुनु भएको छ ।

त्यस्तै रुपन्देही–२ बाट एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल विजयी हुनु भएको छ ।

त्यस्तै रुपन्देही ३ बाट राप्रपा उपाध्यक्ष दिपक बोहोरा बिजयी हुनु भएको छ ।गृहमन्त्री वालकृष्ण खाँणलाई वोहोराले पराजित गर्नु भएको हो ।

त्यस्तै रुपन्देही ४ बाट प्रतिनिधिसभा सदस्यमा लोसपाका सर्वेन्द्रनाथ शुक्ल विजयी हुनुभएको छ । उहाँले काँग्रेसका प्रमोद यादवलाई पराजित गर्नुू भएको हो ।

त्यस्तै रुपन्देही क्षेत्र न ५ मा प्रतिनिधि सभामा एमालेका वासुदेव घिमिरले काँग्रेसका प्रभावशाली नेता भरत कुमार शाहलाई निकै फराकिलो मतान्त्ररले हराउनु भएको छ । यसरी रुपन्देही जिल्ला नेपाली काँग्रेसको प्रतिनिधि सभामा शून्य भएको छ ।