इलाम–२ मा एमाले उपाध्यक्ष नेम्वाङ ३४ मतले पछाडि

0
Shares

इलाम ।

इलाम क्षेत्र नं २ को मतगणना अन्तिम समयमा पुग्दा रोचक बन्दै गएको छ । यहाँ नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको मतअन्तर क्रमशः घट्दै गएको छ ।

इलाम नगरपालिकाको मत गणना हुनुअघि करिब दुई हजार मतले अघि रहेका नेम्वाङको मत अन्तर क्रमशः घट्दै गएको छ । हाल उनी १६ मतले पछि परेका छन् । नेपाली कांग्रेसका उम्मेदार डम्बरबहादुर खड्काले २८ हजार चार सय ८६ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार नेम्वाङले २८ हजार चार सय ७० मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

अब इलाम नगरपालिका–१ र २ को मत गन्न बाँकी छ । यस निर्वाचन क्षेत्रमा ६९ हजार ८५ मत खसेको थियो । यो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ दुई स्वतन्त्रसहित १४ जनाले उम्मेदवारी दिएका थिए ।