हुम्ला २ मा कांग्रेसका जीवनबहादुर शाही विजयी



हुम्ला।

हुम्ला प्रदेश (२) बाट बाम– लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जीवनबहादुर शाही विजयी भएका छन् । उनले नेकपा (एमाले)का उम्मेदवार छक्कबहादुर लामालाई चार हजार ७७ मत अन्तरले पराजित गरेका हुन् ।

कांग्रेसका शाहीले सात हजार ५६ मत प्राप्त गर्दा एमालेका लामाले दुई हजार नौ सय ७९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का नैनसिंह रावतले ९८ मत प्राप्त गरे भने जनता समाजवादी (जसपा)का बलिराज शाहीले ४१ र स्वतन्त्र उम्मेदवार सुमन रावतले २१ मत प्राप्त गरे।

यस्तै एक सय १९ मत बदर भएको छ । यसअघि प्रदेश (१) को अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्