रुपन्देही–१ मा एमालेका छविलाल विश्वकर्मा विजयी

0
Shares

रुपन्देही ।

रुपन्देही–१ बाट नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्मा निर्वाचित भएका छन् । विश्वकर्माले आफ्नै पूर्व सहकर्मी घनश्याम भुसाललाई ३ हजार ५६४ मतान्तरले पराजित गरेका हुन् ।

विश्वकर्माले २४ हजार ८७२ र भुसालले २१ हजार ३०८ मत प्राप्त गरे । भुसालले एमालेबाट टिकट नपाएपछि पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको थियो । सत्ता गठबन्धनको समर्थन रहेपनि चुनावी नतिजा भने भुसालको पक्षमा आउन सकेन ।