मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेसका शाहीको अग्रता कायमै

0
Shares

मुगु।

मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । पछिल्लो मतगणनाअनुसार कांग्रेसका उम्मेदवार ऐनबहादुर शाहीले ११ हजार सात सय सात मत प्राप्त गरेका छन् ।

जिल्ला निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेका अनुसार नेकपा (एमाले) का उम्मेदवार राजबहादुर कार्कीले नौ हजार ७९ मत प्राप्त गरेका छन् । यहाँ हालसम्म २१ हजार सात सय २७ मत गणना भएको छ ।

त्यस्तै प्रदेशसभा (१) मा एमालेका जीतबहादुर मल्लले पाँच हजार चार सय ३० तथा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का गोपालबहादुर बमले चार हजार दुई सय २३ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा (२) मा नेकपा (माओवादी केन्द्र) का मङ्गलबहादुर शाहीले पाँच हजार आठ सय १४ तथा एमालेका कर्णबहादुर मल्लले तीन हजार सात सय ५९ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।