रूपन्देही-२ मा एमालेका विष्णु पौडेल विजयी

0
Shares

रूपन्देही।

रूपन्देही क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल निर्वाचित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई पराजित गर्दै उपाध्यक्ष पौडेल निर्वाचित भएका हुन्।

निर्वाचित पौडेलले २७ हजार १ सय ४७ मत प्राप्त गर्दा उनका निकट प्रतिद्वन्द्वी गणेश पौडेलले २५ हजार ७ सय ८१ मत प्राप्त गरे। उनीहरूको मतान्तर १ हजार ३ सय ६६ रहेको निर्वाचन कार्यालयले जनाएको छ।

त्यस्तै सत्ता गठबन्धनबाट राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा मगरले २२ हजार ८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कुल १ लाख २६ हजार ८ सय ७ मतदाता रहेको क्षेत्र नम्बर २ मा ८१ हजार २ सय २ मत खसेको थियो।