बैतडीमा जन्ती बोकेको जिप दुर्घटना

0
Shares

धनगढी।

बैतडीमा जन्ती बोकेको जीप दुर्घटना भएको छ ।
शुक्रबार साँझ साढे पाँच बजेतिर पुर्चौंडीबाट जन्ती बोकेर गएको जीप सुर्नया गाउँपालिका– ८ पातलखोलामा दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार सुपप्र०१००१ ज १३५४ नम्बर जीप सडकबाट १५ मिटर तल खसेको थियो । जीप दुर्घटनामा ४१ वर्षीय चालक मानबहादुर साउँद घाइते भएका छन् । घाइते साउँदको खुट्टा र कम्मरमा चोट रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण पत्ता नलागेको प्रहरीले जनाएको छ ।