कालीकोटमा माओवादी केन्द्रका शाही विजयी



कालीकोट।

कालीकोटमा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाही विजयी भएका छन् । उनले नेकपा (एमाले) का नगेन्द्र शाहीलाई छ हजार बढी मतान्तरले पराजित गरेका हुन् ।

कालीकोटमा खसेको कुल ४६ हजार छ सय ६९ मतमध्ये माओवादी केन्द्रका उम्मेदवार महेन्द्रबहादुरले २३ हजार ८७ मत प्राप्त गरे। उनका निकटम् प्रतिद्वन्द्वी एमालेका नगेन्द्रले १६ हजार २३० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै राप्रपाका धनबहादुर बुढाले एक हजार ५६३, नेमकिपाका खड्गराज शाहीले एक हजार ८९, नेपाली कांग्रेस (विपी) का पङ्खबहादुर विष्टले एक सय ४० तथा स्वतन्त्रद्वय काशीचन्द्र बरालले आठ सय ९३ र धनप्रसाद पाण्डेले ७९ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकतृ भरत लम्सालले जानकारी दिनुभयो ।

कालीकोटमा दुई हजार ४१ मत बदर भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्