गुल्मी १ प्रदेश (क) मा एमालेका पाण्डे निर्वाचित

0
Shares

गुल्मी ।

गुल्मी जिल्ला क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा नेकपा एमालेका चिन्तामणी पाण्डे निर्वाचित भएका छन् । पाण्डेले १५१२७मत ल्याएर प्रदेश सभामा विजयी भएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए ।

उनका प्रतिस्पर्धी गठबन्धनबाट माओवादीका सुर्दशन बराल १४२६३मत ल्याएर पराजित भएका हुन् । पाण्डेले ८२४ मतान्तरले विजयी भएका हुन् ।
पाण्डेसँग पराजित बराल ०६४ सालमा गुल्मी १ बाट संबिधान सभा सदस्यमा निर्वाचित भएका थिए । बराल ०७४ सालमा बाम गठबन्धनबाट प्रदेश सभामा निर्वाचित भएका थिए ।

उनि सामाजिक विकास मन्त्री पनि बनेका थिए । यसपटक मुख्यमन्त्री बन्ने चर्चामा रहेका बराल प्रदेश सभामै पराजित भए ।