गुल्मी १ प्रदेश (ख) मा कांग्रेसका धनेन्द्र कार्की निर्वाचित

0
Shares

गुल्मी ।

गुल्मी जिल्ला क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) मा गठबन्धनबाट नेपाली कांग्रेसका धनेन्द्र कार्की निर्वाचित भएका छन् । कार्कीले १८५९६ मत ल्याएर प्रदेश सभामा विजयी भएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका फर्सु पाण्डे १७९९१ मत ल्याएर पराजित भएका हुन् । कार्कीले ६०५ मतान्तरले पाण्डेसँग विजयी भएका हुन् ।

यसपटक निर्वाचित कार्की ०७४ सालमा सम्पन्न निर्वाचनमा बाम गठबन्धनबाट उम्मेदवार कमलराज श्रेष्ठसँग पराजित भएका थिए । कार्की यसपटक भने सत्ता गठबन्धनबाट विजयी हुन् सफल भएका हुन् ।

यस क्षेत्रको प्रतिनिधि सभामा भने नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी निर्वाचित भएका छन् ।