धनुषा–३ (२) मा ठाकुर प्रदेशसभा सदस्यमा निर्वाचित

0
Shares

महेन्द्रनगर । 

धनुषाको निर्वाचन क्षेत्र नं ३ (२) बाट नेकपा (एमाले)का दीपेन्द्रकुमार ठाकुर प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परमेश्वर साहलाई एक हजार चार सय तीन मतान्तरले पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो ।

ठाकुरले आठ हजार दुई सय २० मत पाउँदा साहले छ हजार आठ सय १७ मत मात्र पाउनुभयो । जनमत पार्टीका रामबाबु साह कलवारले तीन हजार छ सय पाँच, तराई–मधेस लोकतान्त्रिक पार्टीका असगर अली राइनले तीन हजार दुई सय ११ र स्वतन्त्र उम्मेदवार हरिशङ्कर साहले दुई हजार नौ सय ९८ मत प्राप्त गर्नुभएको थियो ।

यसअघि विसं २०७४ को निर्वाचनमा यस क्षेत्रबाट परमेश्वर साह तत्कालीन राजपा नेपालबाट निर्वाचत हुनुभएको थियो ।