बर्दिया–१ (२) मा नागरिक उन्मुक्ति पार्टीका चौधरी निर्वाचित

0
Shares

बर्दिया । 

बर्दिया क्षेत्र नं १ (२) प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका राजकुमार चौधरी विजयी हुनुभएको छ । उहाँले १३ हजार दुई सय ३० मत ल्याएर विजयी हुनुभएको हो भने उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का भक्तबहादुर विश्वकर्माले १२ हजार एक सय ८३ मत प्राप्त गर्नुभएको छ ।

चौधरी एक हजार ४७ मतको अन्तरले विजयी हुन सफल हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बर्दियाले जनाएको छ । गठबन्धनबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिनुभएको अञ्जु दहितले ११ हजार चार सय ९० मत पाउनुभएको छ । दहित बारबर्दिया नगरपालिकाकी पूर्वउपप्रमुख हुनुहुन्छ ।

बर्दियामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभाकै मतपरिणाम सार्वजनिक भइसकेको छ । प्रतिनिधिसभा–१ मा कांग्रेसका सञ्जयकुमार गौतम, क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवार नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार लालवीर चौधरी, क्षेत्र नं १ (१)का सदस्य कांग्रेसका भुवनेश्वर चौधरी, १ (२) मा नागरिक उन्मुक्ति पार्टीका चौधरी र क्षेत्र नं २ (१)मा जन्मजय तिमिल्सेना र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी क्षेत्र नं २ (२)मा विजयी हुनुभएको छ ।