रूकुम पश्चिमबाट अर्थमन्त्री जनार्दन शर्मा चौथोपटक निर्वाचित

0
Shares

काठमाडौं ।

पश्चिम रुकुमबाट नेकपा माओवादी केन्द्रका नेता तथा अथर्मन्त्री जनार्दन शर्मा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले नेकपा एमालेका नन्दराम देवकोटालाई भारी मतान्तरले हराएर चुनाव जितेका हुन् ।

शर्माले ३९ हजार ५४९ मत पाएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी देवकोटाले १२ हजार ९६१ मत पाएका छन् । शर्माले २६ हजार ५८८ मतान्तरमा चुनाव जितेका हुन् ।