धादिङ प्रदेशसभा २ मा नेकपा माओवादीका जम्मरकट्टेल विजयी

0
Shares

धादिङ ।
धादिङको क्षेत्र नं. १ को प्रदेशसभा २ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा माआवादी केन्द्रका शालिकराम जम्मरकट्टेल  ७ हजार ४ सय २५ मतान्तरले विजयी भएका छन् ।

जम्मरकट्टेलले १९ हजार ९ सय ३ मत र उहाका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका गजेन्द्र थपलियाले १२ हजार ४ सय ७८ मत ल्याएका हुन् ।

धादिङ क्षेत्र नम्बर १ को प्रदेश सभा २ मा ५९ हजार १ सय ९७ मतदाता रहेकोमा ३५ हजार ९ सय ५ जनाले मतदान गरेका थिए ।