दैलेख १ मा प्रतिनिधिसभा र प्रदेश सभामा गठबन्धनका उम्मेदवार विजयी

0
Shares

दैलेख ।

प्रतिनिधिसभा तथा प्रदेशसभा २०७९ को मंसिर ४ मा भएको निर्वाचन अन्तरगत दैलेखमा समानुपातिक बाहेक सबै नतिजा सार्वजनिक भएको छ । २ वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा रहेको दैलेखमा प्रत्यक्षतर्फको सबै नजिता सार्वजनिक भएको छ ।

दैलेखको क्षेत्र नं. १ मा प्रतिनिधिसभा तथा प्रदेशसभामा गठबन्धनका साझा उम्मेदवारहरुले विजय हाँसिल गरेका छन । विगतमा नेकपा एमालेको वलियो क्षेत्रको रुपमा रहेको यो क्षेत्रमा यस पटक गठबन्धनका उम्मेदवारहरुले त्यसलाई उल्ट्याईदिएका छन ।

प्रतिनिधिसभा तर्फ गठबन्धनका साझा उम्मेदवार नेकपा एकिकृत समाजवादीका अम्मर बहादुर थापाले विजय हाँसिल गर्नुभएको छ । उहाँले नेकपा एमालेका रबिन्द्रराज शर्मालाई १८२५६ मतका ल्याएर विजय हासिल गर्र्नुभएको हो । पराजित शर्माले १७४०७ मत प्राप्त गर्नुभएको छ । उहाँहरुको मतान्तर ८४९ रहेको छ ।

नवनिर्वाचित उम्मेदवार थापा यस अघि २९७४ को निर्वाचनमा सोहि क्षेत्रको प्रदेश क मा नेकपा एमालेको तर्फबाट कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित हुदै कर्णाली प्रद्येशको भौतिक योजना तथा निर्माण मन्त्रि समेत बन्नुभएको थियो ।त्यसैगरि उक्त क्षेत्रको प्रदेश क मा गठबन्धनबाट नेपाली काँग्रेसका पुर्णबहादुर खत्री चालिसे निर्वाचित हुनुभएको छ । उहाँले ९४६४ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्धन्दि नेकपा एमालेका धर्मराज रेग्मीले ८०७२ मत प्राप्त गर्नुभएको छ । उहाँहरुको मतान्तर १३९२ रहेको छ । लामो समयसम्म नेपाली काँग्रेसको राजनितिमा सक्रिय चालिसे समाजमा लोकप्रिय व्यक्ती र समाजसेविको रुपमा परिचित हुनुहुन्छ ।

त्यसैगरि उक्त प्रदेशको ख मा पनि गठबन्धनबाट नेपाली काँग्रेसकै कृष्ण कुमार बिसी विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका प्रेम बहादुर थापालाई १०५४४ मतका साथ पराजित गर्नुभएको छ । पराजित थापाले ९४६८ मत प्राप्त गर्नुभएको छ । उहाँहरुको मतान्तर १०७६ रहेको छ । नवनिर्वाचित केसि मिलनसार व्यक्तीको साथै लोकप्रिय व्यक्तीको रुपमा परिचित हुनुहुन्छ । उहाँ यस अघि नेपाली काँग्रेस दैलेखको पार्टी सभापतिको रुपमा समेत रहनुभएको थियो ।