चितवन क्षेत्र नं २ मा रवि लामिछाने निर्वाचित

0
Shares

चितवन । 

चितवन क्षेत्र नं २ मा भारी मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित हुनुभएको छ । लामिछानेले ३४ हजार एक सय ६२ मतान्तरले निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

तर औपचारिक घोषणा भने हुन बाँकी छ । उहाँले ४९ हजार दुई सय ६१ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उमेश श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गर्नुभएको छ । सोही क्षेत्रमा नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले १४ हजार छ सय ४९ मत प्राप्त गर्नुभएको थियो । यस क्षेत्रमा ६७.३ प्रतिशत अर्थात् ८४ हजार तीन सय १५ मत खसेको थियो ।

लामिछानेलाई निकटतम् प्रतिस्पर्धी प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले बधाई दिनुभएको छ । सो क्रममा लामिछानेले छलफल गरी आफू अघि बढ्ने बताउनुभयो ।