चर्चा पाइयो मत पाइएन

0
Shares

काठमाडौं । 

प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं उपत्यकामा चर्चाको उचाइमा रहेका केही युवाले विजय हुनेगरी मत भने पाउन सकेनन् ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी पुत्री मानुषी यमी भट्टराईको हारले बाबुरामलाई दुःख लाग्नु स्वाभाविकै हो । छोरीलाई काठमाडौं– ७ मा उम्मेदवारी दिलाउन सफल भएपछि गोरखा–२ मा टिकट साटेको चर्चा चलेका डा. भट्टराईले छोरीको हारसँगै दुवै हातमा निराशा च्याप्नुप¥यो ।

मानुषीले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीसँग हार बेहोर्नुप¥यो । मानुषीले ६ हजार ६३ मत ल्याएर चित्त बुझाउनुप¥यो । मानुषी मात्र होइन उपत्यकामा नाम चलेका करिब आधा दर्जनको अवस्था त्यस्तै छ ।
काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले १० हजार १ सय ५ मत ल्याएर विजयी हुँदा सोही क्षेत्रमा हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १ सय ७४ मतमै चित्त बुझाउन बाध्य हुनुप¥यो । चर्चित अभियन्ताको रूपमा परिचय कमाएका सायमीलाई काठमाडौंका भित्री शहरवासीले जिताउन चाहेको चर्चा थियो । तर, श्रेष्ठ र सायमी एउटै क्षेत्रबाट प्रतिस्पर्धा गर्दा सायमीले हार बेहोर्नुप¥यो ।

गएको स्थानीय तहको निर्वाचनमा चर्चा बटुलेको तत्कालीन विवेकशील साझा पार्टीका सक्रिय भएका आधा दर्जन युवा नेता अहिले पराजयको चिसो अनुभव गरिरहेका छन् ।देशैभरि गोलाकारभित्र घण्टी चुनाव चिह्न लिएका निर्वाचनमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टी र लौरो चुनाव चिह्नबाट निर्वाचनमा भिडेका हाम्रो नेपाली पार्टीको चर्चा चुलिएको बेला राष्ट्रिय स्वतन्त्र पार्टीका केही नेताले हार बेहोर्नुपरेको छ ।

विसं २०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उठेर चर्चा बटुलेकी रञ्जु दर्शनाले लज्जास्पद हार बेहोर्नुप¥यो । उहाँले ६ सय मत प्राप्त गर्नुभयो । काठमाडौं– ५ बाट स्वतन्त्र उम्मेदवारी दिएकी दर्शनाले सेलरोटी चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रनुभएको थियो ।

विवेकशील साझा पार्टी छाडेर काठमाडौं–१ मा चुनावी प्रतिस्पर्धामा लागेका पुकार बमले तेस्रो स्थान ल्याउनुभयो । सो क्षेत्रमा नेपाली कांग्रेसका नेता प्रकाशमान ७ हजार १ सय ४३ मत ल्याएर विजय हासिल गर्नुभएको थियो ।विवेकशील साझा पार्टीका संस्थापक अध्यक्ष उज्वल थापाको मृत्युपछि सो पार्टीको अस्तित्व नै नदेखिने गरी धराशायी भएको छ । पार्टी परिवर्तन गरी रास्वपामा प्रवेश गरेका वमले ४ हजार १ सय १५ मत प्राप्त गर्नुभयो । नेपाली कांग्रेस पार्टी छाडेर रास्वपाबाट उठेका डा. प्रणयशम्शेर राणाले काठमाडौं–५ मा तेस्रो स्थान ल्याउनुभयो । कांग्रेसका प्रदीप पौडेलले १५ हजार २ सय ३७ मत ल्याएर विजयी हुँदा राणाले ३ हजार १ सय ५५ मतमै रोकिनुप¥यो ।

चुनाव प्रचारको क्रममा सामाजिक सञ्जालमा सबैभन्दा बढी रकम खर्चेका काठमाडौं ५ का स्वतन्त्र उम्मेदवार श्रीराम गुरुङ (श्री गुरुङ) ले २ हजार ७ सय ६१ मत पाएर पाचौं स्थानमा चित्त बुझाउनुप-यो ।काठमाडौं ९ मा साझा पार्टी नेपालबाट उम्मेदवारी दिएका मिलन पाण्डेले २ हजार ३ सय २७ मत ल्याएर पाँचौं स्थानमा रहनुप-यो ।

गएको निर्वाचनमा सोही क्षेत्रबाट उहाँले विवकेशील पार्टीबाट उम्मेदवारी दिनुभएको थियो । सो क्षेत्रबाट नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठले ११ हजार ९ सय ५६ मत प्राप्त गरी विजयी हुनुभयो । २०७४ सालको निर्वाचनमा सोही क्षेत्रत्राट प्रतिस्पर्धा गरेका पाण्डेको यो निर्वाचनमा निकै कमजोर स्थिति देखियो ।