रुपन्देही ५ मा एमालेका बासुदेव घिमिरेको विजयी

0
Shares

बुटवल  ।

रुपन्देही-५ मा नेकपा (एमाले)का बासुदेव घिमिरे विजयी हुनु भएको छ। उनले नेपाली कांग्रेसका भरतकुमार शाहलाई नौ हजार सात सय दुई मतको अन्तरले पराजित गरेका हुन ।

गत आइबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार घिमिरेले ३६ हजार आठ सय २२ मत ल्याउँदा शाहले २७ हजार एक सय २० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत चुरामणि शर्माले जानकारी दिनु भयो।

कांग्रेसका शाह यसअघिका तीन निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । एक लाख २९ हजार एक सय ३५ मतदाता रहेको यस क्षेत्रमा ८५ हजार सात सय ३६ मत खसेको थियो ।