कैलाली ४ को मतगणना रोकियो

0
Shares

धनगढी ।

कैलाली क्षेत्र नं ४ को मतगणना स्थगित भएको छ। प्रतिनिधि सभाको मत गणनाका क्रममा एक मत अर्धकट्टीसहित भेटिएको भन्दै नेकपा एमालेका प्रतिनिधिहरुले मतगणना स्थगित गरेका हुन्।

मतगणनाका क्रममा अर्धकट्टीसहित भेटिएपछि मतगणना रोकिएको निर्वाचन अधिकृत ईन्द्र बहादुर कठायतले बताए। उम्मेदवारसहित पार्टीका प्रतिनिधिहरुले आपसमा छलफल गरेर मात्रै गणना सुरु गर्नुपर्ने भनेपछि मतगणना रोकेको कठायतले बताए।

छलफलपछि पुनः मतगणना सुरु गरिने उनको भनाइ छ। यहाँ नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्ट र कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरबीच प्रतिस्पर्धा भइरहेको छ ।