अछाम २ मा कांग्रेसका शाह ६ हजार मतले अघि

0
Shares

काठमाडाैं  ।

प्रतिनिधिसभाअन्तर्गत अछाम २ मा नेपाली कांग्रेसका उम्मेदवार पुष्पबहादुर शाहले अग्रता फराकिलो पारेका छन् । बुधबार बिहान ११ बजेसम्म ३३४१८ मत गणना हुँदा शाहले एमाले उम्मेदवार यज्ञबहादुर बोगटीलाई ६ हजारभन्दा बढी मतले पछि पारेका छन् ।

शाहले १८९८४ र बोगटीले १२७६० मत पाएका छन् । अछाम १ बाट भने एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी भइसकेका छन् । उनले एमालेका झपट रावललाई पराजित गरे ।

२०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा अछामका दुवै क्षेत्र एमालेले जितेको थियो । यसपटक एमालेले भीम रावललाई समेत टिकट नदिएकाले त्यसको असर चुनावमा देखिएको छ ।