बैतडीमा २० हजार मत गणना, एमाले अगाडि

0
Shares

बैतडी ।

बैतडीमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारीको अग्रता कायमै रहेको छ ।२० हजार तीनसय १४ मत गणना हुँदा भण्डारीले नौहजार दुई सय ७० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताउनुभयो। उहाँलाई गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर ९विजयसुन्दर०ले आठ हजार चारसय ६८ मतका साथ पछ्याइरहनुभएको छ ।

यस्तै प्रदेश सभा क्षेत्र नम्बर ९ १० मा २४ हजार तीनसय ८१ मत गणना हुँदा नेकपा एमालेका सुरेन्द्र पालले सात हजार आठ सय एक मत प्राप्त गर्नुभएको छ । उहाँको पछिपछि रहदै स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले सातहजार एक सय ८९ मत पाउनुभएको छ । यसैगरी तेस्रो स्थानमा रहनुभएका नेपाली कांग्रेसका वीर बहादुर बिष्टले पाँच हजार पाँचसय पाँच मत प्राप्त गर्नुभएको छ ।

यस्तै प्रदेश सभा क्षेत्रनम्बर २ मा भने कांग्रेस अगाडि छ । २४ हजार ११ मतगणना हुँदा नेपाली कांग्रेसका शिवराज भट्टले ११ हजार छसय ९८ मत ल्याउदा नेकपा एमालेका लिलाधर भट्टले १० हजार एक सय २९ मत प्राप्त गर्नुभयो।

प्रतिनिधिसभाका लागि एक र प्रदेश सभाका लागि दुई क्षेत्र रहेको बैतडीमा आइतबार सम्पन्न निर्वाचनमा कुल मतदाताको ५२ दशमलव २२ प्रतिशत मत खसेको थियो । यहाँ एक लाख ५० हजार एक सय ५६ मतदाता रहेकामा ७८ हजार चार सय १६ मत मात्रै खसेका थिए।