काठमाडौं ६ मा एमालेका मास्के विजयी

0
Shares

काठमाडाैं  । 

काठमाडौं ७ (२) मा नेकपा (एमाले)का उम्मेदवार इञ्जीनियर अमनकुमार मास्के विजयी भएकाे छन्  । आज बिहान सम्पन्न मतगणनामा एमालेका मास्केले आठ हजार ५९ मत प्राप्त गरी विजयी भएका निर्वाचन अधिकृत सम्झना खनालले  जानकारी दिइन् ।

यस्तै नेपाली कांग्रेसका विष्णुभक्त तिमिल्सिनाले छ हजार छ सय ७१, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार चिरागमानसिंह कुँवरले तीन हजार पाँच सय ७६ र स्वतन्त्र उम्मेदवार कविन्द्रकुमार कार्कीले तीन सय २७ मत प्राप्त गरेका छन् ।

टोखा नगरपालिकाको वडा नं १ र ८ तथा तारकेश्वर नगरपालिकाको १, २, ६, ७, ८, ९, १० र ११ वडा रहेको उक्त प्रदेशसभामा २३ हजार एक सय आठ मत खसेको थियो । सोही मतमध्ये तीन सय २७ मत बदर भएको निर्वाचन अधिकृत खनालले बताए ।