भीम रावलको गृह जिल्लामा एकीकृत समाजवादीका कुँवर विजयी

0
Shares

अछाम । 

एमाले नेता भीम रावलको गृहजिल्लामा एकीकृत समाजवादीले खाता खोलेको छ । रावलको गृहनिर्वाचन क्षेत्र अछाम-१ मा श्रममन्त्रीसमेत रहेका एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी भएका हुन् ।

अछाम क्षेत्र न १ बाट १९ हजार ५३४ मत सहित कुँवर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार झपट बोहोराले १५ हजार ४५ मत प्राप्त गरेका छन्। त्यसैगरी स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४३९२ मत प्राप्त गरेका छन ।

प्रतिनिधिसभा सदस्यको मतगणना सकिएलगत्तै प्रदेशसभा सदस्यको मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। ४१ हजार ३९२ मत गणना हुँदा १९७७ मत बदर भएका थिए ।