मोरङ ३ मा गठबन्धबाट सुनिल शर्माको अग्रता कायमै


मोरङ । 

मोरङ क्षेत्र नं ३ मा डा सुनिल शर्माको अग्रता कायमै रहेको छ ।

प्रतिनिधिसभा सदस्यको छ हजार तीन सय ५६ मत गन्दा गठबन्धबाट नेपाली कांग्रेसका शर्माले तीन हजार एक सय ३२ प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले)का पूर्वमन्त्री भानुभक्त ढकालले एक हजार पाँच सय ७३ मत पाउनुभएको छ ।

राप्रपाकी रेखा थापाले नौ सय छ मत प्राप्त गर्नुभएको छ । जम्मा एक लाख ४९ हजार आठ सय ३३ मतदाता रहेको उक्त क्षेत्रमा ९७ हजार चार सय ६८ खसेको थियो ।

सो क्षेत्रमा पथरी शनिश्चरे नगरपालिका– ८ बेलबारी नगरपालिका– ८, सुन्दरहरैचा नगरपालिकाको ६ र कानेपोखरी गाउँपालिकाको चार गरी २६ वटा वडा रहेका छन् ।

तीन ठाउँमा मतगणना हुँदै सङ्घीयको समानुपातिकका लागि एक ठाउँ र प्रदेश ‘क’ र ‘ख’ का लागि एक-एक ठाउँमा मतगणना सुरु भएको उक्त क्षेत्रका निर्वाचन अधिकृत रामहरि काफ्फेले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्यका लागि ३१ जनाको उमेदवारी रहेको यस क्षेत्रमा नेकपा (एमाले)बाट पूर्वमन्त्री ढकाल, सत्ता गठबन्धनबाट कांग्रेसका शर्मा र राप्रपाकी नेत्री तथा नायिका रेखा थापा प्रतिस्पर्धामा छन् ।