बैतडी २ मा कांग्रेसका भट्ट अग्रता बढाउँदै

0
Shares

बैतडी । 
बैतडी प्रदेश सभा क्षेत्रनम्बर (२)मा नेपाली कांग्रेसले अग्रता बढाउदै गएको छ। ११ हजार ९४७ मत गणना हुँदा कांग्रेसका शिवराज भट्टले अग्रता लिनुभएको हो ।
भट्टले पाँचहजार छ सय ४९ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लिलाधर भट्टले पाँचहजार एकसय ३७ मत ल्याउनुभएको छ।
प्रदेश सभा क्षेत्र नम्बर (१)मा दशहजार दुईसय ३६ मत गणना हुँदा नेकपा एमालेका सुरेन्द्र पालले चारहजार तीनसय २० मत प्राप्त गर्नुभएको छ । उहाँको पछिपछि रहदै स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले दुईहजार नौ सय ४३ मत पाउनुभएको छ । यसैगरी तेस्रो स्थानमा रहनुभएका नेपाली कांग्रेसका वीर बहादुर बिष्टले एकहजार आठसय १७ मत प्राप्त गर्नुभएको छ।
प्रतिनिधि सभा सदस्यमा भने नेकपा एमालेका दामोदर भण्डारीको अग्रता कायमै रहेको छ । नौ हजार नौसय ७१ मत गणना हुँदा भण्डारीले चारहजार छसय ३७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताउनुभयो। उहाँलाई गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर)ले चार हजार एकसय २६ मतका साथ पछ्याइरहनुभएको छ ।बैतडीमा प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई क्षेत्र हुन् ।