रुपन्देही ३ मा बालकृष्ण खाणलाई पछि पार्दै राप्रपाका दीपक बोहोरा अगाडी

0
Shares

रुपन्देही ।
रुपन्देही क्षेत्र नम्बर ३ मा मतगणनाका क्रममा गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोराले उछिनेका छन्।

१० हजार ६४० मतगणना हुँदा बोहरा ४ हजार १७० मत ल्याएर अगाडि छन्। खाणले ३ हजार ९१९ मत प्राप्त गरेका छन्। यसअघि सुरुवाती मतगणनामा खाणले अग्रता लिइरहेका थिए। अहिले सियारी गाउँपालिका वडा नम्बर १ र ओमसतिया गाउँपालिका वडा नम्बर २ को मतगणना भइरहेको छ।