रसुवामा कांग्रेसका आचार्यको अग्रता कायमै



रसुवा ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यको अग्रता कायम छ । पछिल्लो मतपरिणामअनुसार १४ हजार नौ सय ६४ मत गणना हुँदा कांग्रेसका आचार्यले नौ हजार छ सय १५ मत प्राप्त गर्नुभएको छ ।

उहाँका प्रतिस्पर्धी नेकपा ९एमाले०का छोवाङ तामाङले चार हजार छ सय ७० मत प्राप्त गर्नुभएको छ । हालसम्म गणना भएको मतमध्ये तीन सय ९७ मत बदर भएको छ । रसुवामा मतदाता सङ्ख्या ३९ हजार चार सय ५९ रहेकामा २८ हजार सात सय १३ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्