कैलाली–३ मा नागरिक उनमुक्तिको फराकिलो अग्रता, माओवादी पछिपछि

0
Shares

धनगढी । 

कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अगाडि छन्। जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा ५५४०२ मत गणना भएको छ। निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उनमुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरीको २०२३४ मत छ।

नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीको १४९४६, नेकपा एमालेका उम्मेदवार गौरीशंकर चौधरीको ८२६९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्रबहादुर बमको ६६२९ मत छ। ३५५० मत बदर भएका छन्।