काठमाडौं ९ मा प्रतिनिधिसभातर्फबाट एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी



काठमाडाैं  ।

नेकपा एमालेले प्रतिनिधिसभा सदस्यमा दोस्रो जित निकालेको छ। काठमाडौं क्षेत्र नम्बर ९ बाट एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएका हुन्।

उनी १००२० मतसहित विजयी भएका हुन्। यो सँगै नेकपा एमालेले प्रतिनिधिसभातर्फ २ सिटमा जित निकालेको छ। ०७४ को निर्वाचनमा पनि श्रेष्ठ यही क्षेत्रबाट निर्वाचित भएका थिए।

निवर्तमान सांसद समेत रहेका श्रेष्ठ केपी शर्मा ओली प्रधानमन्त्री हुँदा शिक्षामन्त्री समेत भएका थिए। उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेक बहादुर पोखरेलले ८७२५ मत प्राप्त गरेका छन्। सत्ता गठबन्धनकी उम्मेदवार कल्पना धमलाले ५२७९ मत प्राप्त गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्