कैलाली ५ मा मतगणना सुरु

0
Shares

धनगढी  । 

कैलाली निर्वाचन क्षेत्र नं ५ मा मतगणना सुरु भएको छ। मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल बिरामी परेपछि हुन नसकेको मत गणना बिहान १०ः ३० बजेदेखि सुरु भएको हो।

यसैबीच मतगणनाको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराबाजी भएको थियो। नेकपा एमालेका कार्यकर्ता र स्वतन्त्र उम्मेदवार समर्थकले नाराबाजी गरेका हुन्।

कैलाली–५ मा सत्तारूढ गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनि राना र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझासहित ११ जना चुनावी प्रतिस्पर्धामा छन्।