काठमाडौं ।
मतगणनाको बूढानीलकण्ठ नगरपालिकाभित्रका आठ वडा र महानगरका वडा नं १ र ७ को मतगणना सकिँदा उनले पाँच हजार पाँच सय ६८ मतको अग्रता लिएकाे हुन् ।
निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार हाल ३७ हजार दुई सय ३२ मत गणना हुँदा थापाले १७ हजार पाँच सय १७ मत प्राप्त गर्नुभएको छ, भने उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार डा राजन भट्टराई ले ११ हजार नौ सय ४८ मत प्राप्त गरेका हुन् ।
त्यसैगरी राप्रपाका उम्मेदवार डा ठाकुर मोहन श्रेष्ठले दुई हजार दुई सय ६८ मत प्राप्त गरेका छन्। सो क्षेत्रको मत गणना सुरु भएदेखि नै थापाको अग्रता कायम रहेको छ ।
काठमाडौं क्षेत्र नम्बर ४ प्रदेशसभा (२) तर्फको बूढानीलकण्ठ वडा नं १, २, ८, ९, १०, ११, १२ र १३ पर्दछन् यस क्षेत्रको गणना सकिएको छ ।
काठमाडौं–४ प्रदेशसभा (१) अन्तर्गत पर्ने काठमाडौँ महानगरका वडा नम्बर १ र ७ को मत गणना सकिएको छ भने महानगरका वडा नं ८ र ३० को मत गणना जारी छ । काठमाडौँ–४ निर्वाचन क्षेत्रबाट ३१ उम्मेदवार रहेका छन् ।
प्रतिक्रिया