काठमाडाैं ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका छन् ।
सिहंले निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १२५ मतले हराएका हुन् । सिंहले ७ हजार १४३ मत पाउँदा मिश्रले ७ हजार १८ मतमा चित्त बुझाए ।
सिंहले ०७४ मा पनि मिश्रलाई ८१८ मतान्तरले हराएका थिए । मिश्र त्यसबेला विवेकशील साझाका उम्मेदवार थिए ।
सिंह यो क्षेत्रबाट चौथोपटक सांसद बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, एमालेका किरण पौडेलले ३ हजार ५३२ मत र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४ मत पाएका छन् ।
प्रतिक्रिया