पर्वतमा कांग्रेसका जोशीको अग्रता कायमै



पर्वत । 

पर्वत जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना जारी छ । जिल्लामा कूल खसेको ६६ हजार दुई सय ७३ मतमध्ये बिहान ६ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ आठ हजार आठ सय ५२ मत गणना गरिएको छ ।
पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले नेकपा (एमाले)का उम्मेदवार पदम गिरीलाई चार सय ८६ मतान्तरले पछि पारेका छन् । जोशीले चार हजार एक सय ५७ मत प्राप्त गर्नुभएको छ भने गिरीले तीन हजार छ सय ७१ मत प्राप्त गरेका छन् ।
त्यस्तै प्रदेशसभा सदस्य क्षेत्र नं १ तर्फ गठबन्धनतर्फका नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सुदीप कुँवरले तीन हजार नौ सय ६५ मत प्राप्त गरेका छन् भने एमालेका भक्त कुँवरले तीन हजार आठ सय १२ मत प्राप्त गरेका छन् ।
प्रदेशसभा निर्वाचन क्षेत्र नं २ तर्फ गठबन्धनका तर्फका कांग्रेस उम्मेदवार ऋषिकेश तिवारीलाई एमालेका उम्मेदवार मित्रलाल बस्यालले पाँच सय ३० मतले पछि पार्दै अग्रता कायम राखेका छन् ।
पछिल्लो परिणामअनुसार कांग्रेसका तिवारीले तीन हजार एक सय ७१ र एमालेका बस्यालले तीन हजार सात सय मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले दिएको जानकारीअनुसार मतगणना जारी रहेको र बुधबार बेलुकासम्म अन्तिम परिणाम आउन सक्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्