कञ्चनपुर–३ मा गठबन्धनका उम्मेदवार रमेश लेखक अगाडि

0
Shares

महेन्द्रनगर ।

कञ्चनपुरमा पूर्वमन्त्री एवं सत्ता गठबन्धनका उम्मेदवारले सुरुआती अग्रता लिनुभएको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधीसभातर्फ पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले सुरुआती अग्रता कायम गर्नुभएको हो ।

सत्ता गठबन्धनका उम्मेदवार लेखकले एक हजार ६६ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार निरुदेवी पालले ६ सय ३० मत प्राप्त गर्नुभएको छ ।

प्रतिनिधीसभामा दर्जन उम्मेदवार भए पनि यहाँ सत्ता गठबन्धनका उम्मेदवार लेखक र एमाले नेत्री पालबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

निर्वाचन क्षेत्र नं ३ मा भीमदत्तनगरपालिका–१, २ र ३ नं वडाबाट एकसाथ गणना भइरहेको छ । ९७ हजार आठ सय २२ मतदाता रहेको क्षेत्र नं ३ मा ५७ हजार नौ सय ५५ खसेको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।

निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा १ को समेत गणना दोधारा चादँनी नगरपालिकाबाट सुरु भएको छ । अघिल्लो निर्वाचनमा यो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार डा दीपक प्रकाश भट्टले झिनो अन्तरले नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पराजित गर्नुभएको थियो ।